Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महरालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगियो

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले महरालाई आवश्यक प्रक्रिया पुरा गरेर म्याद थपका लागि काठमाडौं सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको हो।

सुन तस्करी प्रकरणमा थप अनुसन्धानका लागि उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।  सोमबार बिहान भैरहवाबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको थियो।

सुन तस्करी प्रकरणमा सत्तारुढ दलका उपाध्यक्ष महरालाई सीआईबीले बयान लिइ कागज गरी छाडेको थियो।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले महरामाथि छानबिन गर्न सिफारिस गरेसँगै थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले ९ जना चिनियाँ नागरिकसहित २१ जनालाई कारबाही गर्न सिफारिस गरेको थियो।

आयोगले बुझाएको प्रतिवेदन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077