Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुन तस्करलाई पूर्वसभामुख महराले नै गाडी खोजिदिएको खुलासा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करलाई गाडी खोजिदिएको खुलासा भएको छ ।

विद्युतीय चुरोट (भेप)मा लुकाएर गरिएको ९ किलो र ६० किलो सुन तस्करीमा संलग्न चिनियाँ सुन तस्कर दाओजिन वाङलाई महराले गाडी खोजिदिएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका तत्कालीन सल्लाहकार जीवनकुमार गुरुङसँग भनेर महराले वाङलाई गाडी मिलाइदिएको सीआईबी स्रोतले बतायो ।

वाङले चढ्ने गाडी यसअघि नै प्रहरीले बरामद गरेको थियो । रिनावल्ट कम्पनीको डस्टर गाडी जीवनकुमार गुरुङसँगको नाममा रहेको भेटिएको छ ।

सो गाडी कृष्णबहादुर महराले भनेर चिनियाँ वाङलाई दिएको गुरुङले बताएका थिए ।

यसअघि सीआईबीका अनुसन्धान अधिकृतहरूसँग चिनियाँ सुन तस्कर दाओजिन वाङ्गसँग आफ्नो पुरानो चिनजान रहेको महराले स्वीकारेका छन् ।

वाङ विगत १५ वर्षदेखि नेपालमा थिए । वाङले प्रयोग गर्ने गाडी ब्युरोले बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077