Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारततर्फ भाग्न खोज्दा पूर्वसभामुख महरा रुपन्देहीबाट पक्राउ

रुपन्देही । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।  कपिलवस्तुबाट पक्राउ परेका महरालाई काठमाडौं ल्याइँदैछ ।

आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए।

गृहमन्त्री लामिछानेले सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरालाई कारबाही गर्न निर्देशन दिएको भोलिपल्टै उनी नवलपरासीको बाटो हुँदै भारततर्फ भाग्न खोजेका थिए ।

उनी सोमबार बिहान ९ बजे बर्दघाट क्रस गरेका थिए । बर्दघाट क्रस गरेपछि रुपन्देही प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई काठमाडौं ल्याइँदै गरेको प्रहरी स्रोतले बतायो। महरा रूपन्देही पुगेको थाहा पाएपछि रूपन्देही प्रहरीले निगरानी बढाएको थियो।

बर्दघाट पार गरेपछि गाडी परिवर्तन गरेका पूर्वसभामुख महरा पक्राउ परेको रुपन्देही प्रहरी स्रोतले बतायो ।

सुन तस्करी प्रकरणमा आयोगले मुद्दा चलाउन सिफारिस गरेपछि महरा प्रहरीको निगरानीमा छन् ।

भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको निष्कर्ष छ ।

महराका छोरा राहुल सो मुद्दामा अहिले पनि थुनामा छन् । भेप प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राहुलबिरुद्ध ‘संगठित तस्करी’ गरेको आरोपमा अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077