Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अध्यक्ष लिङ्देनसहि‍त राप्रपाका नेताको चारदिने तराई यात्रा आजदेखि

काठमाडौं । राप्रपाका नेता चार दिने तराई यात्रामा निस्किने भएका छन् । चैतको अन्तिम साता काठमाडौंमा हुने तय भएको जनप्रदर्शनलाई प्रभावकारी बनाउने उद्देश्यले उनीहरु तराई यात्रामा निस्किन लागेका हुन् ।

सोमबारदेखि बिहीबारसम्मतराई–मधेशका आठ जिल्लामा आमसभा र कार्यकर्ता भेला आयोजना गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा हुने तराई-मधेशस्तरीय अभियानमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री डा. धवलशमशेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, मधेश प्रदेशका अध्यक्ष भरत गिरी, प्रतिनिधिसभा सदस्य बिना जयसवाल र पार्टी सम्बद्ध युवा, विद्यार्थी, महिला संगठनका अध्यक्ष रहनेछन् ।

सरकारसमक्ष ४० बुँदे माग अघि सार्दै आन्दोलन थालेको राप्रपाले यही चैत २७ गते काठमाडौंमा बृहत् जनप्रदर्शन गर्दैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077