Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरी कर्मचारीले खानपान र ऐसआरामको जीवनशैली अपनाउन थालेपछि...

बागलुङ । बागलुङ प्रहरीले ‘स्वस्थ प्रहरी, अध्ययनशील प्रहरी’ अभियान सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले प्रहरीलाई नियमित रूपमा व्यायाम र अध्ययन गर्ने व्यवस्था मिलाएको हो ।

प्रहरीलाई अध्ययनशील बनाउन अनिवार्य कानुन र प्रहरीसँग सम्बन्धित विषयको अध्ययन गर्नुपर्ने व्यवस्थासहित सम्बन्धित विधाका पुस्तक प्रत्येक प्रहरी एकाइमा पठाउन थालिएको छ ।

नेपाल प्रहरीलाई ‘स्वस्थ प्रहरी, अध्ययनशील प्रहरी बनाउने अभियान बागलुङमा थालिएको बागलुङ प्रहरीले जनाएको छ । प्रहरी कर्मचारीले खानपान र ऐसआरामको जीवनशैली अपनाउन थालेका कारण उनीहरू अस्वस्थ बन्दै गएका र कार्यसम्पादन अपेक्षित रूपमा हुन नसकेकाले प्रहरीलाई अनिवार्य शारीरिक व्यायाम गर्नुपर्ने नियम बनाइएको छ ।

जिल्ला मातहतमा रहेका प्रहरी एकाइले व्यायाम गरे नगरेको ‘भिडियो’ दैनिक जिल्ला प्रहरी कार्यालयको ‘कन्ट्रोल रुम’लाई पठाउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077