Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सीआईबी प्रमुख ज्ञवालीले बुझे सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी काण्डमा मुछिएकामाथि कारबाही प्रक्रिया अघि बढाउन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई निर्देशन दिएका छन् ।

गृहमन्त्री लामिछानेले गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबीका प्रमुख श्याम ज्ञवालीसहित छलफल गरी कारबाही अघि बढाउन निर्देशन दिएका हुन् ।

गृहमन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिए ।  पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगको प्रतिवेदन सीआईबी प्रमुख ज्ञवालीले बुझेका हुन् ।

गृह स्रोतका अनुसार सीआईबीका प्रमुख ज्ञवालीलाई सुन तस्करी प्रकरणमा थप अध्ययन गरेर कारबाही प्रक्रिया अघि बढाउँन भन्दै आयोगको प्रतिवेदन दिईएको हो।

विमानस्थलको भन्सार जाँच पार गरेको तस्करी भएको ६० किलो सुन, भेपमार्फत आएको सुन तस्करी लगायतमा राजनीतिक नेतृत्वलाई जोगाइएको आरोप लागिरहेका बेला उच्चस्तरीय छानबिन आयोग बनाउन दबाब बढेको थियो ।

त्यसबीचमा सरकारले पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा आयोग बनाएको थियो । आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077