Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वीरगञ्जमा सीके राउतलाई १०१ केजीको माला

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई वीरगञ्ज मा एक सय एक केजीको मालाले स्वागत गरिएको छ ।

शनिबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा भाग लिनको लागि वीरगञ्ज पुगेका राउतलाई एक सय एक किलो फूलको माला लगाएर स्वागत गरिएको हो ।

दुई दिनसम्म वीरगञ्जको क्लासिक बैंक्वेटमा केन्द्रीय कार्य समितिको बैठक बस्ने छ । बैठकमा अध्यक्ष राउतले समसामयिक विषयमा ब्रिफिङ गरेका थिए ।

पार्टीको आगामी कार्य नीति एवं योजना तय गर्नुका साथै पछिल्ला राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077