Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनताको जीवनस्तर परिवर्तन भए मात्रै लोकतन्त्र सार्थक हुन्छ : राष्ट्रपति पौडेल

धनुषा । राष्ट्रपति रामचन्द्र पौडेलले विपन्न जनताको जीवनस्तरमा परिवर्तन भए मात्रै लोकतन्त्र सार्थक हुने बताएका छन्।

महोत्तरीको चौरियास्थित प्रजातान्त्रिक योद्धा स्व.गणेश नेपालीको प्रतिमा अनावरण तथा कुटी उद्यानको उदघाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

राष्ट्रपति पौडेलले भने,'व्यवस्था परिवर्तन हुने तर जनताको अवस्थामा कुनै परिवर्तन र सुधार नआउने हो भने लोकतन्त्रको उद्देश्य पूरा हुन सक्दैन । जनताले बनाएको संविधान कार्यान्वयन गरी मौलिक हक प्रयोग गरी विपन्नको जीवनस्तर उठाउनु नै लोकतन्त्रको सार्थकता हुनेछ।'

संविधान कार्यान्वयन गर्दै सुशासन, विकास, रोजगारी र उत्पादन मार्फत राष्ट्रलाई समृद्धि तर्फ बढाउनु पर्ने समय आएको उनले बताए ।

राष्ट्रपति पौडेलले जनताले परिवर्तनको अनुभूति गर्न नसके लोकतन्त्र सार्थक हुन नसक्ने बताए । राष्ट्रपति पौडेलले महोत्तरीको पिपरास्थित स्व।रामनारायण मिश्रको सालिकमा माल्यार्पण गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077