Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसले राजनीतिक पूर्वाग्रह राख्यो, प्रतिशोध साँध्न सदन अवरोध गर्‍यो : मन्त्री शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध पारेर राजनीतिक प्रतिशोध साँधेको सरकारले आरोप लगाएको छ ।

सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक पूर्वाग्रह राखेर कांग्रेसले सदन अवरोध गरेको आरोप लगाएकी हुन् ।

मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै उनले नयाँ सरकारलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरिन् । 'काम गर्न सकेन भने आफैं सरकारबाट बाहिरिनुहुन्छ। तर, प्रमुख प्रतिपक्षी दल कांग्रेसले राजनीतिक पूर्वाग्रह राखेर, राजनीतिक प्रतिशोध साँध्न सदन अवरोध गर्‍यो,' उनले भनिन् ।

सदनलाई मर्यादित र प्रभावकारी बनाउने जिम्मा सरकारको रहेको भन्दै सदन सञ्चालनमा सहयोग गर्न कांग्रेसलाई उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077