Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सीआईबी प्रमुखमा श्यामलाल ज्ञवाली

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले पाएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सीआईबीमा एआईजी ज्ञवालीलाई पठाउने निर्णय गरेको हो ।

यसअघि सीआईबी प्रमुख रहेकी निर्देशक रहेकी एआईजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागको जिम्मेवारी दिइएको छ ।

सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले बज्राचार्यको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि उनलाई जिम्मेवारीबाट हटाइएको हो ।

आयोगले सुन तस्करीको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याउँदै सीआईबी प्रमुख बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रूगम कुँवर र दुर्गा दाहाललाई कारबाही गर्न सिफारिस गरेको छ ।

उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको आयोगले सुन तस्करीका दोषीलाई उम्काउन बज्राचार्यको कमजोरी रहेको भन्दै विभागीय कारबाहीको सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077