Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हाजिर जमानीमा छुटे प्रभु बैंकका डेपुटी सीईओ मनोजसहित ११ जना

काठमाडौं । प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जना हाजिर जमानीमा छुटेका छन् ।

कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई सीआईबीले हाजिर जमानीमा छाडेको हो ।

अनुसन्धानको कामहरु लगभग पूरा भइसकेको र बयान समेत सकिएपछि उनीहरुलाई हरेक दिन सीआईबी उपस्थित हुने गरि छाडीएको छ ।

उनीहरुलाई कागज गरेर बैंकर एशोसिएसन, प्रभु बैंकका सीईओ र परिवारको जिम्मा लगाइएको छ।उनीहरुलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले २८ फागुनमा जिल्ला अदालतबाट अनुमति लिएको थियो ।

सीआईबीले १५ फागुनमा न्यौपानेसहित सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेतलाई पक्राउ गरेको थियो।

हाल सेन्चुरी बैंक प्रभु बैंकमा मर्ज भएपछि न्यौपाने वरिष्ठ डेपुटी सीईओका रुपमा कार्यरत थिए ।

उनीहरुले सेन्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको अनुसन्धानबाट देखिएको थियो ।

यो धितोभन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ रुपैयाँले बढी भएको सीआईबी स्रोतले बतायो ।

सिआइबीले देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रविन्द्र चौलागाईंपनि पक्राउ गरी मुद्दा चलाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077