Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाउँदै कांग्रेसले माग्यो सरकारको जवाफ

काठमाडौं । नेपाली कांग्रेसले रवि लामिछानेमाथि सहकारी ठगीमा अनुसन्धान भइरहेको भन्दै उपप्रधान तथा गृहमन्त्री बनाएकोप्रति विरोध जनाएको छ।

कांग्रेसका सासंदहरुले सहकारी ठगीमा जोडिएका लामिछानेलाई गृहमन्त्रीका रूपमा जिम्मेवारी दिइएकोबारे प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग जवाफ माग गरेका हुन् ।

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले संसद्को अगामी बैठकमा प्रधानमन्त्रीको जवाफ नआए कांग्रेस कडा रूपमा प्रस्तुत हुने चेतावनी दिए।

पाण्डेले अनुसन्धान घेरामा रहेका व्यक्तिलाई नै गृहमन्त्री बनाएको भन्दै प्रधानमन्त्री प्रचण्डमाथि असन्तुष्टि जनाए। उनले अनुसन्धानको कमान्ड सम्हाल्नुपर्ने गृहमन्त्री नै अनुसन्धानको दायरामा हुनुले गम्भीर नैतिक प्रश्न खडा भएको बताए ।

अर्कोतिर अनुसन्धान प्रभावित हुने आशंका बढाएको उनको भनाई छ। पाण्डेले सरकारी समस्याको समाधान र विवादित व्यक्तिको नियुक्तिको विषयमा प्रधानमन्त्री प्रचण्डको धारणा माग गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077