Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पार्टीको कुराले रेशमसँग डिभोर्स हुँदैन : रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी र परिवार छुट्टै विषय भएको बताएकी छिन्।

बुधवार प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई विश्वासको मत दिएर बाहिरिने क्रममा रञ्जिताले यस्तो बताएकी हुन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरामा उनका पति रेशम चौधरी र रञ्जिताको फरक मत रहेको छ ।

रञ्जिताले भनिन, ‘विवाह भएको २५ वर्ष भइसकेको छ, श्रीमान् श्रीमतीबिच विभिन्न विषयमा ठाकठुक परिरहन्छ । डिभोर्स हुने भए पहिले हुन्थ्यो । पार्टीगत रूपमा विचार नमिलेको हो । मैले बुझाएको हो, उहाँको आफ्नै बिचार छ, मेरो आफ्नै विचार छ ।’

रेशम विश्वासको मत नदिने पक्षमा थिए भने श्रेष्ठ पक्षमा रहेकी थिईन् । रञ्जिताले रेशम र आफ्नो फरक मत रहेको उल्लेख गरिन्।

उनले श्रीमान् श्रीमतीले चलाएको पार्टी नभई जनताले चलाएको पार्टी भएको उनले प्रतिक्रिया दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077