Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने राप्रपाको निर्णय, प्रदेश सरकारमा पनि सहभागी नहुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेकपा एमाले र नेकपा माओवादी केन्द्र नेतृत्वको वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने भएको छ ।

राप्रपाको यही शनिबार, आइतबार र सोमबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने, विपक्षमा मतदान गर्ने र विपक्षमा बस्ने निर्णय गरिएको जानकारी दिए ।

प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने, समर्थन गर्नुपर्ने परिस्थिति आए पार्टी अध्यक्षले उपयुक्त समयमा सम्बन्धित प्रदेशको परामर्श लिएर निर्णय लिने निर्णय गरिएको उनले बताए ।

राप्रपाले राष्ट्रिय राजनीतिमा केन्द्रीयस्तरमा हुने निर्णय प्रदेशस्तरमा हुनु र गरिनुलाई अनुपयुक्त भनेको छ । इलाम र बझाङमा आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा प्रदेश सभाको उपनिर्वाचनमा सहभागी हुने निर्णय पनि राप्रपाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077