Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरी हिरासतबाट भागेर एक थुनुवा भारत पुगेपछि...

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाको थुनाबाट भागेर एक जना थुनुवा भारत पुगेका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाको थुनामा रहेका महाकाली नगरपालिका–१ दहका २३ वर्षीय उमेश कुँवर भारत पुगेका हुन् ।

कुँवर जिल्ला प्रहरी कार्यालयको पछाडिको भागबाट हाम फाली महाकालीमा पौडी खेलेर भारततिर पुगेका थिए ।

त्यस क्रममा महाकाली किनारमा रहेका भारतपट्टिका गोरखा रेजिमेन्टले नेपालबाट भागेर गएका कुँवरलाई नियन्त्रणमा लिएर नेपाललाई बुझाएको छ ।

कुँवरलाई नियन्त्रणमा लिन खोज्दा नेपाल प्रहरीका एक जवानसमेत भिरमा खसेर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077