Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हसिया प्रहार गरेर महिलाको हत्या

सिरहा । सिरहामा एक महिलाको हत्या भएको छ ।

जिल्लाको सिरहा नगरपालिका ६ बसपिट्टाका ६५ वर्षिय रामउदगार साहले आफ्नै श्रीमती ६० वर्षिया निर्मला साहको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार प्रहरीले हत्या अभियोगमा श्रीमान साहलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले श्रीमानले हत्या गरेको स्वीकारेपनि कारण भने अझै नखुलाएको जनाएको छ ।

मृतकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077