Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गठबन्धन तोडेर प्रचण्डले मतदातालाई पनि धोका दिए : उपसभापति खड्का

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोडेर दिएको धोकाको जवाफ आगामी दिनमा मतदाताले दिने बताएका छन् ।

आइतबार नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ सुर्खेतको पहिलो जिल्ला अधिवेशन उद्घाटन गर्दै उपसभापति खड्काले यस्तो बताएका हुन् ।

उनले ४ मंसिर २०७९ को निर्वाचनका बेला मतदातालाई दिएको वचन पालना नगरेर प्रचण्डले धोका दिएको बताए ।

उपसभापति खड्काले भने, ‘यसको जवाफ आम मतदाताले समय आउँदा दिनुहुनेछ, त्यसको जवाफ राजनीतिक नेतृत्वले आवश्यक पर्दा दिनेछ।’

कांग्रेससँगको गठबन्धन तोड्नुको कारण प्रचण्डले राजनीतिक रुपमा केही बताए पनि मतदाताले आफूसँग गरेको वाचाको जवाफ खोज्ने खड्काको भनाइ छ ।

उपसभापति खड्काले तीन तहका सरकार बनाउँदा जनतासँग गरिएका बाचाका विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077