Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपाको पार्टी कार्यालयमै कुटाकुट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यालयमा कुटाकुट भएको छ ।

धुम्बाराहीस्थित पार्टी कार्यालयमा नेताहरु बैठकबाट बहिरिदै गर्दा कुटाकुट भएको भिडियो सार्वजनिक भएको हो ।

कुटाकुटपछि अध्यक्षलगायतका नेताहरुबिच पार्टी कार्यालयमा छलफल सुरु भएको छ । राप्रपाको केन्द्रीय कार्यासम्पादन समितिको बैठक बसेको थियो ।

बैठकको निर्णय जानकारी गराउनका लागि अध्यक्ष राजेन्द्र लिङ्देनको कार्य कक्षबाहिर रवीन्द्र मिश्र, विक्रम थापा, रोशन कार्की, उद्धव पौडेल, ज्ञानेन्द्र शाही लगायतका नेताहरूको एउटा समूह निस्कियो ।

त्यसपछि एकै छिनमा अर्कोपट्टिबाट एक पुरुष भाग्दै आएको र केही व्यक्तिहरूले लखेटेको दृश्य लाइभ भिडियोमा देखिएको छ ।

ती पुरुष को हुन् भन्ने खुलेको छैन । अध्यक्ष लिङ्देनको कार्यकक्षमा छिर्ने ढोकै अगाडि आएपछि एक्ला पुरुषहरूलाई केही व्यक्तिहरूले भकुर्न थाल्छन् ।

कुटिने व्यक्ति लिङदेनको कार्यकक्षमा प्रवेश गर्न खोज्दा समातेर मुक्कै मुक्का हानेको देखिन्छ। कुटपिटको कारण भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077