Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विदेशीले धाप मार्नासाथ प्रधानमन्त्री बुरुक्क उफ्रिनुहुन्छ : सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले विदेशीले धाप मार्नासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्यत्र गठबन्धन गरिहाल्ने प्रवृत्ति देखिएको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै अध्यक्ष राउतले गठबन्धन फेरबदललाई ‘भ्यागुते प्रवृत्ति’को संज्ञा दिएका हुन्।

उनले सत्ता समीकरण फेरिनुमा प्रधानमन्त्री प्रचण्डको अविश्वसनीय चरित्र र विदेशी शक्तिको भूमिका रहेको आरोप लगाए ।

नेता राउतले भने, ‘बरु भ्यागुतोलाई समातेर जोख्न सजिलो होला तर अहिलेको सम्मानननीय प्रधानमन्त्रीलाई त्यति कमसल नठान्नुहोला, कतिखेर कुन विदेशीले धाप मारिदिन्छ, कता बुर्लुक्क उफ्रिनुहुन्छ थाहै हुँदैन।’

उनले अहिले गठबन्धन फेरिनुको गहिरो कारण प्रधानमन्त्रीले नै दिन नसकेको बताए ।

उनले प्रधानमन्त्रीको यस्तो उफ्राइले संघीय सरकार मात्र नभई सातवटै प्रदेश सरकार ढल्ने सम्भावना बढेको र त्यसको घाटा देश र जनताले ब्यहोर्नुपरेको बताए ।

कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँगको गठबन्धन बनाउनुमा प्रधानमन्त्रीले दिएको तर्क लाजमर्दो भएको राउतले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077