Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीलाई कांग्रेस सचेतक लेखकको प्रश्न - तपाईंले धोका दिएकाहरू सबै एकजुट भए के होला ?

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट धोका खाएकाहरू कुनै दिन मिल्ने अवस्था आउन सक्ने टिप्पणी गरेका छन् ।

बिहीवारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रमुख सचेतक लेखकले यस्तो टिप्पणी गरेका हुन्। सचेतक लेखकले दाहालकै चरित्र चित्रण गर्दै आगामी दिनको सम्भावनाबारे उल्लेख गरे ।

प्रमुख सचेतक लेखकले भने, 'हेक्का राख्नुहोस् ! तपाईंले धोका दिएकाहरू सबै एकजुट भए तपाईंको हालत के होला ?'जनताले दिएको आफ्नो जिम्मेवारीबाट भाग्ने काम भयो । यो राजनीतिक बेइमानी हो । मुलुकलाई श्रृखलाबाद्ध अस्थिरतातर्फ लैजाने काम भयो ।'

उनले १४ महिनामा तीनपटक फेरबदल भएको उल्लेख गर्दै उनले सबैलाई धोका दिएको बताए । उनले दाहालले गठबन्धन फेरबदल गरेर जनमतको अपमान गरेको बताए ।

सचेतक लेखकले यस्तो घटनाले मुलकुलाई शृंखलाबद्ध अस्थिरतातर्फ लैजाने काम भएको बताए ।

उनले गठबन्धनकाप्रति सदासयता र इमानदारिता देखाउँदा देखाउँदै पनि गठबन्धन भत्काउने विश्वासघात भएको उल्लेख गरे ।

नेता लेखकले आफूलाई धोका दिनेलाई ‘लात्तीले हान्दिन्छु’ भन्ने प्रचण्डको अभिव्यक्ति शोभनीय नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077