Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अन्ततः माधव नेपालसँग झुके ओली, प्रचण्डसहित पुगे कोटेश्वर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) लाई पनि नयाँ सत्ता गठबन्धनमा सामेल गराउन प्रयास भइरहेको छ ।

सोही अनुरुप अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोटेश्वर पुगेका छन् । बालुवाटारमा सत्ता गठबन्धन बैठक जारी छ ।

माधव नेपालले पार्टी फुटाएपछि ओली उनीसँग रिसाएका थिए । उनको चर्को आलोचना गर्दै आएका थिए । तर उनै मंगलबार साँझ सहकार्यको प्रस्ताव लिएर नेपालकहाँ पुगेका हुन् ।

उनीहरूसँगै नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल पनि कोटेश्वर पुगेका छन् ।

अध्यक्ष ओलीले सोमबार साँझ पनि फोन गरेर गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए । तर नेपालले स्पष्ट जवाफ दिइसकेका छैनन् ।

सोमबार नयाँ मन्त्रीहरूले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए।

समीकरण बदलिए पनि बहुमत १३८ भन्दा ४ बढी सांसदको मात्रै समर्थन प्रधानमन्त्रीलाई यसैले १० सिटको नेकपा एकीकृत समाजवादी, ६ सिटको जनमत र ४/४ सिटको लोसपा र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा ल्याउने प्रयत्नमा प्रधानमन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077