Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अवैध गोदाममा सशस्त्र प्रहरीको छापा, ठूलो मात्रामा चिनी र केराउ बरामद

नवलपरासी । सशस्त्र प्रहरीले नवलपरासीको सुस्ता गाउँपालिका–१ बरुवमा रहेको एक गोदाममा छापा मारेको छ ।

भारतबाट अवैधरूपमा ल्याइएको सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासिबाट सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेको कमान्डमा गएको टोलीले सोमबार साँझ गोदाममा छापा मारेको हो ।

सो क्रममा दुई हजार बोरा चिनी र केराउ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । २०० बोरा चिनी र एक हजार ७०० बोरा भन्दा बढी केराउ फेला परेको छ ।

स्थानीय ज्ञानु अर्यालको घर पछाडि करिब ५० फिट लम्बाइ र ३० फिट चौडाइको टिनको गोदाममा लुकाइराखेको अवस्थामा चिनी र केराउ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

करिब ४५ लाख मूल्यभन्दा बढीको अनुमान गरिएको चिनी र केराउ आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय नवलपरासी बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077