Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपाले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

राप्रपाले समसामयिक राजनीतिक विषयमा छलफल गर्न २६ फागुनमा कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै भावी रणनीति तय गर्न तथा घोषित आन्दोलनको आवश्यक तयारीबारे छलफल गर्न बैठक बोलाइएको राप्रपाले जनाएको छ ।

सोमबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले नयाँ सत्ता समीकरण बनाएका छन् ।

त्यसमा राप्रपालाई सहभागी नगराउने पनि दलहरुबीच सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077