Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन्।

शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोरप्रसाद अर्याल छन् ।

तीनै जनालाई राष्ट्रपति रामचन्द्र पौडेलले पथ तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

नवनियुक्त मन्त्रीहरूले कुन मन्त्रालय सम्हाल्ने भन्ने तय भइसकेको छैन। नवनियुक्त तीनै जनाले विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन्।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो ।

त्यस अनुसार प्रधानमन्त्रीले नयाँ समीकरणमा रहेका दलमध्ये जसपाबाहेक अरु दलको एक एक जना सहभागी मन्त्रिपरिषद गठन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077