Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तीन पटकको सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित

काठमाडौं । सेयर बजारमा सोमबार तीन पटक पोजेटिभ सर्किट ब्रेक लागेको छ । ३ पटक सर्किट ब्रेक लागेपछि यस दिनका लागि कारोबार नै स्थगित भएको हो ।

कारोबार सुरु भएको ३ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । २० मिनेटपछि खुलेको कारोबारमा ९८ अंक बढेपछि दोस्रो सर्किट लागेको थियो ।

दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटका लागि कारोबार स्थगित भयो । १२ : ०४ बजे खुलेको बजारमा तेस्रो सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार स्थगित भएको हो । समग्रमा सोमबार बजारको परिसूचक नेप्से ६ प्रतिशत अर्थात् ११७ अंक बढेको छ ।

सो अंकको वृद्धिपछि नेप्से २०७८ अंकमा कायम भएको छ । थोरै समय कारोबार भएकाले दिनभर जम्मा ३७ करोड ५२ लाख रुपैयाँको कारोबार भयो ।

२३० कम्पनीको मूल्य बढ्यो भने २ कम्पनीको मात्रै घट्यो । रिडी पावर, शिवश्री हाइड्रोपावर, राप्ती हाइड्रोपावर, मेन्छियाम हाइड्रोपावर, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो ।

कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, मोलुङ हाइड्रोपावर, ङादी ग्रुप क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077