Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घरमा आगलागी हुँदा एक महिलाको मृत्यु

सुनसरी । सुनसरीको इटहरीमा शनिवार मध्यराति आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका– ६ बीपी चौकका विष्णुबहादुर खड्काको घरमा आगलागी भएको हो ।

उक्त आगलागीबाट जलेर ५२ वर्षीया गोपीमाया कटवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय, इटहरीले जनाएको छ ।

कटवाल सुतेको कोठामा आगलागी भएको थियो । कोठाभित्र चुकुल लगाएको अवस्थामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीको कारण खुलेको छैन भने प्रहरीले थप अनुसन्धान थालेको छ । मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

मृतक कटवाल छेउको कोठामा छोराबुहारी सुतेका थिए । उनीहरू सकुशल रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077