Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले भने - यो गठबन्धन सरकारको निरन्तरता रहन्छ

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन सरकारको निरन्तरता कायम रहने बताएका छन्।

भरतपुर महानगरको भ्रमण वर्ष उद्घाटन कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन्।

सभापति देउवाले गठबन्धन सरकार कायमै रहने र आगामी पर्यटन विकास यही सरकारले गर्ने पनि बताए ।

सभापति देउवाले भने,‘यो गठबन्धन सरकारको निरन्तरता रहन्छ। यो सरकार पूर्ण रूपमा जान्छ र अर्थतन्त्रको विकासमा यही सरकारले काम गर्छ।’

महानगरको पर्यटन वर्ष उद्घाटनको कार्यक्रममा चार पूर्व प्रधानमन्त्रीले राजनीतिक कुरा नबोलेपनि देउवाले भने गठबन्धन सरकार निरन्तर अघि बढ्ने बताए ।

उनले पर्यटन र अर्थतन्त्र सुधारको काममा सरकारले पूर्णरुपमा काम गर्ने प्रतिवद्दता कार्यक्रममा नै जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077