Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले भने - राष्ट्रियसभा अध्यक्षबारे गठबन्धनबाटै टुंगो लाग्छ

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा अध्यक्षको विषय गठबन्धनबाटै टुंगो लगाइने बताएका छन्।

शुक्रबार चितवनको भरतपुर बिमानस्थलमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् । सभापति देउवाले कांग्रेस एक्लैले अध्यक्ष बनाउन नसक्ने भन्दै गठबन्धनबाटै टुंगो लगाइने बताए।

सभापति देउवाले अहिले गठबन्धनभित्र कुनै समस्या नरहेको भन्दै निरन्तरता पाउने विश्वास व्यक्त गरे। उनले एक पार्टीभित्र अर्को पार्टीको विषयमा छलफल र कुराकानी हुनु सामान्य भएको जिकिर गरे।

राष्ट्रियसभा अध्यक्ष पदमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आ-आफ्ना उम्मेदवार उठाउने दावी गर्दै आएका छन्। राष्ट्रियसभा अध्यक्षका लागि यही फागुन २९ गते निर्वाचन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077