Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तीनवटा सवारीसाधन एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

मोरङ । मोरङको बेलबारीमा तीन सवारीसाधन दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । तीव्र गतिको टिप्परले बोलेरो गाडीलाई ठक्कर दिएपछि बोलेर उछिट्टिएर बसमा ठोक्किँदा बोलेरोमा सवार तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका बोलेरोमा सवार पाँच जनामध्ये कोशी अस्पताल पुर्‍याइएका तीनजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटना परेर झापाको कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई, कमल गाउँपालिका–४ की ४४ वर्षीया दीपा खानाल र झापाको बिर्तामोड नगरपालिका–२ का ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएको हो ।

घाइतेहरु कमल गाउँपालिका–४ का ४६ वर्षीय हरि खनाल र कमल–२ की ४८ वर्षीया गायत्री भट्टराईको न्युरोमा उपचार भइरहेको छ। घाइतेमध्ये हरिको अवस्था गम्भीर र गायत्रीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

मे १ झ २८५६ नम्बरको बोलेरो गाडीलाई प्रदेश ०२–००१ ख ९६७६ नम्बरका टिपरले ठक्कर दिएपछि बोलेर उछिट्टिएर प्रदेश ३ क ००१ ख २७१८ नम्बरको बसमा ठोक्किएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077