Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चैत १६ गते काठमाडौं केन्द्रित जनसंघर्ष गर्ने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत १६ गते काठमाडौं केन्द्रित जनसंघर्ष गर्ने निर्णय गरेको छ ।

पार्टीले फागुन ९ गते सरकार समक्ष पेश गरेको ४० बॅुदे माग पूरा गराउन देशका सबै जिल्लामा जनदबाबका कार्यक्रम सञ्चालन गर्ने र काठमाडौंमा चैत १६ गते जनसंघर्ष गर्ने निर्णय गरेको हो ।

राप्रपाले आज राजधानीमा सबै जिल्लाको प्रतिनिधिमूलक आन्दोलनसम्बन्धी प्रशिक्षण गरेको छ ।

अध्यक्ष एवं आन्दोलन मूल समितिका संयोजक राजेन्द्र लिङदेन, पूर्वअध्यक्ष एवं निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नीतिगत तथा आन्दोलनको अपरिहार्यताका विविध विषयमा प्रशिक्षण दिएका थिए ।

राप्रपाले फागुन २३ गते जिल्ला तहमा तयारी बैठक र प्रशिक्षण, फागुन २८ गते संघीय र प्रदेशसभा निर्वाचन क्षेत्रमा, सबै स्थानीय तहमा तयारी बैठक, चैत ७ गतेसम्म सबै जिल्लामा प्रचारात्मक कार्यक्रम, घरदैलो, कोणसभा र साना ठूला सभा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077