Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेसको नीति तथा योजना आयोगका सदस्य साह पदमुक्त

जनकपुरधाम । मधेस प्रदेशको नीति तथा योजना आयोगका सदस्य सोहन साहलाई पदबाट हटाइएको छ।

गत फागुन १३ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार साहलाई पदबाट हटाइएको हो ।

सोमबार पदमुक्त गरिएको पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साहलाई पठाएको थियो।

यद्यपि, उनलाई हटाउने कारण भने सरकारले खुलाएको छैन। प्रदेश सरकारको गत असोज १६ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सदस्यमा नियुक्त गरेको थियो।

करिब एक दशकदेखि अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएका साह जनमत पार्टीबाट आयोगको सदस्यमा नियुक्तिका लागि सिफारिस भएका थिए।

जनमत पार्टी प्रदेश सरकारबाट बाहिरिएर सरकारविरूद्ध आक्रमक हुँदै गएपछि मुख्यमन्त्री सरोजकुमार यादवले उनलाई पदबाट हटाएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077