Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपनिर्वाचनका लागि रास्वपाले इलाम-२ मा खटायो सहमहामन्त्री बुर्लाकोटी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ को उपनिर्वाचन लक्षित गरेर सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई खटाउने भएको छ ।

सोमबार साँझ बसेको पार्टी सचिवालयको बैठकले इलाममा सहमहामन्त्रीलाई खटाउने निर्णय गरेको हो ।

एमाले सांसद सुवास नेम्वाङको निधनपश्चात् खाली भएको इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन गर्ने आयोगले निर्णय गरेको छ ।

इलामको बसाइमा बुर्लाकोटीले स्थानीयसँग भेटघाट, उपनिर्वाचनको प्रारम्भिक तयारी र जनगुनासो सुन्ने छन् ।

बुर्लाकोटी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ०७९ मंसिर ४ गते भएको संघीय निर्वाचनमा गोरखा २ बाट उम्मेदवार थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077