Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालको दिगो विकासको सहयात्री जापान हो: राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको एउटा दिगो र भरपर्दो विकासको सहयात्री जापान भएको बताएका छन्।

नेपाल जाइका अलमनाई एसोसियसनको ५० औं वार्षिक समारोहको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

जापान नेपालको एक हितैषी मित्र पनि रहेको राष्ट्रपति पौडेलको भनाइ छ।

राष्ट्रपति पौडेलले नेपालको प्राविधिक जनशक्ति विकास, जलविद्युत, शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माण, कृषि क्षेत्र र पूर्वाधार विकासका क्षेत्रमा जापानले पुर्‍याएको योगदानको नेपालले सधैं उच्च मूल्याङ्कन गर्ने बताए।

नेपाल र जापानबीच परम्परागत रुपमा सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले जापानले विज्ञान प्रविधिको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक क्षेत्रका साथै समग्र मानव विकासमा मारेको फड्को अनुकरणीय रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077