Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

थापाथलीको प्रसूति गृहबाट बच्चा चोरी

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरी भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार शुक्रबार एक जना महिलाले बच्चा चोरी गरी फरार भएकी हुन् ।

काभ्रेकी एक महिलाको २६ दिनअघि जन्मिएकी छोरी चोरी भएको हो ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ । घटना शुक्रबार दिउँसो साढे १२ बजेतिरको हो ।

अहिले प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीले अहिले ती महिलाको खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077