Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माग पूरा नभए सिंहदरबारभित्र गाईभैंसी बाँधेर आन्दोलन गर्ने किसानहरुको चेतावनी

काठमाडौं । दुग्ध उत्पादक किसानहरुले आप्ना माग पूरा नभए सिंहदरबारभित्र गाईभैंसी बाँधेर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै किसानको संगठन राष्ट्रिय किसान सञ्जालले सरकार समक्ष १६ बुँदे माग राख्दै आन्दोलन गर्ने चेतावनी दिएको हो ।

राष्ट्रिय किसान सञ्जालका अध्यक्ष गणेश चन्द्र तिमिल्सिनाले किसानको दुग्धजन्य वस्तु बिक्री नभएको र बिक्री भएको दूधको भूक्तानीसमेत नपाएको र यसप्रति पटकपटक सरकारको ध्यानाकर्षण गराउँदासमेत सरकारले बेवास्ता गरेकाले आन्दोलन गर्न बाध्य भएको बताए।

विभिन्न मागहरुसहित आन्दोलन गरी सरकारलाई ध्यानाकर्षण गराउने उनले बताए। तर अझै बेवास्ता गरे सिंहदरबारभित्र गाईभैंसी बाधेर आन्दोलन गर्ने चेतावनीसमेत दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077