Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना लगायतका मागसहित आजबाट जनप्रदर्शन गर्दै राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजबाट विभिन्न माग राखेर जनप्रदर्शन गर्दैछ ।

राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायत राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग राखी जनप्रदर्शन गर्न लागेको हो ।

आजबाट काठमाडौँ सहित देशभरका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्ने र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तथा दबाबमूलक कार्यक्रम गर्ने बताइएको छ ।

राप्रपाले यो आन्दोलन व्यवस्था परिवर्तनको आन्दोलन भएकाले पार्टीका सबै नेता÷कार्यकर्ताहरूलाई गम्भीर भएर लाग्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077