Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सबै तहका उम्मेदवार छनोट गर्न प्रत्यक्ष मतदान गरौँ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबै तहका उम्मेदवार छनोट गर्दा प्रत्यक्ष मतदान गर्ने प्रस्ताव गरेका छन् ।

सोमबारदेखि ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा मंगलबार सांगठनिक प्रस्ताव पेस गर्दै थापाले सो प्रस्ताव गरेका हुन् ।

उनले अहिलेको विधि प्रक्रियालाई परिवर्तन गरेर क्रियाशील सदस्यको मतदानबाटै उम्मेदवार चयन गर्नुपर्ने बताए ।

संसदीय उम्मेदवार छनोट गर्दा पनि सम्बन्धित क्षेत्रका पार्टीका क्रियाशील सदस्यको प्रत्यक्ष मतदानबाट टुंग्याउनु पर्ने उनको प्रस्ताव छ ।

यस्तै उनले महाधिवेशनको मुखमा सदस्यता वितरण गर्न नहुने प्रस्ताव पनि राखेका छन् । थापाले सांगठनिक प्रतिवेदनमार्फत महाधिवेशनको ६ महिनाअघि सदस्यता वितरण कार्य बन्द गर्ने व्यवस्था गर्न प्रस्ताव गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077