Online Nepal
  • बुधबार, १० पुष २०८१
  • कांग्रेस महासमिति बैठक : प्रतिवाद गर्न प्रेस युनियनका अध्यक्षको आह्वान

    कांग्रेस महासमिति बैठक : प्रतिवाद गर्न प्रेस युनियनका अध्यक्षको आह्वान

    अनलाइन नेपाल
  • सोमबार, ७ फाल्गुन २०८०
  • 459
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छु संगठन नेपाल प्रेस युनियनले महासमिति बैठकका सन्दर्भमा नेपाल प्रेस युनियनको प्रतिनिधित्वसँग जोडिएर सार्वजनिक भएका विषयहरूमा ध्यानाकर्षण जनाएको छ ।

    युनियनका अध्यक्ष शिव लम्सालले नवौं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भई क्रियाशील रहेको अवस्थामा प्रचलित विधान, परम्परा र नैतिक मूल्यको समेत पर्वाह नगरी महासमिति बैठकमा युनियनको प्रतिनिधित्वबारे अप्रासंगिक र अनधिकृत निर्णय गरिएकोप्रति आपत्ति जनाएका हुन् ।



    उनले विज्ञप्तिमा भनेका छन्–‘लोकतान्त्रिक अभ्यासबाट निर्वाचित युनियन केन्द्रीय समितिको कार्यक्षेत्रमाथि गरिएको हस्तक्षेप हामीलाई कदापि स्वीकार्य छैन । कांग्रेस केन्द्रीय निर्वाचन समितिले विधानको अपव्याख्या गरी गरेको निर्णयले प्रेस युनियन र कांग्रेसबीचको शुभेच्छुक सम्बन्धलाई बिथोल्न चाहनेहरूलाई बल पुगेको छ ।’



    उनले निर्वाचन समितिको अक्षमता र विधानको गलत व्याख्या गरी गरिएको निर्णयप्रति भर्त्सना जनाउँदै यथास्थितिमा नेपाली कांग्रेसको महासमिति बैठकमा नेपाल प्रेस युनियनको संस्थागत उपस्थिति नरहने व्यहोरा जानकारी गराएका छन् ।

    उनले अलोकतान्त्रिक निर्णयविरुद्ध गोलबद्ध हुन र प्रेस युनियनको गरिमामाथि गरिएको प्रहारको यथोचित प्रतिवाद गर्न आह्वान समेत गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार