Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लघुवित्त र सहकारीमार्फत राजनीतिक लाभ लिने प्रयास भयो, सरकार चुप बस्दैन : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाश शरण महतले अहिले केहि प्रवृत्तिहरूले सहकारी र लघुवित्तमा आएका विचलनबाट राजनीतिक लाभ लिएको भन्दै सरकार चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

आज चौथो लघुवित्त सदस्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले सो चेतावनी दिएका हुन् ।

उनले भने, ‘लघुवित्तलाई कसरी स्वस्थ बनाउने भन्ने हामी सबैको चासोको विषय हो । तर केही प्रवृत्तिहरू लघुवित्त र सहकारीमा देखिएको विचलनबाट फाइदा उठाएर राजनीतिक लाभ लिन खोजिरहेका छन् । यो खतरनाक प्रवृत्ति हो । यसको प्रतिवाद गर्न सबै तयार हुनुपर्छ । ’

यस्तै उनले लघुवित्तमा महिलाको उल्लेखनीय सहभागिताले महिला सशक्तीकरण र जीविकोपार्जनमा सकारात्मक प्रभाव पारेको बताए ।

देशभरबाट २७ लाख महिलाहरू लघुवित्तमा सहभागी रहेको उल्लेख गर्दै यसले महिलालाई आत्मनिर्भर बनाएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077