Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिका लैजाने भन्दै काठमाडौं ल्याएर बन्धक, ३० जनाभन्दा धेरैको उद्धार

काठमाडौं । अमेरिका पठाइदिने काठमाडौंमा बन्धक बनाइएका ३० जनाभन्दा धेरैलाई प्रहरीले उद्धार गरेको छ ।

स्थानीयको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंको विशेष टोलीले बुधबार उनीहरुलाई रातोपुल क्षेत्रबाट उद्धार गरेको हो ।

काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार अमेरिका पठाउने भन्दै पैसा असुल गरेर दलालहरूले रातो पुलस्थित एउटा घरमा ३० जना भन्दा बढीलाई बन्धक बनाइराखिएको थियो ।

३० जनाभन्दा बढीको उद्धार भइसकेको र अझै अप्रेसन जारी रहेको प्रहरीले जनाएको छ । बिचौलियाहरूले उनीहरूलाई घरभित्रै थुनेर यातनासमेत दिने गरेको खुलेको छ ।

उद्धार गरिएकोहरुमा भारतीय नागरिक पनि छन् । यसबारे बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077