Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री साउदको पुत्ला दहन

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउदको पुत्ला जलाइएको छ । कञ्चनपुरस्थित विद्यार्थी संगठनहरुले मंगलबार मन्त्री साउँदको पुत्ला दहन गरेका हुन् ।

सामाजिक विकास मन्त्रालय तथा मन्त्रीका कारण कञ्चनपुरका राहुल नेपालीले चिकित्सा शिक्षा अध्ययन गर्न नपाएको विद्यार्थी संगठनहरुको आरोप छ ।

नेपाल चिकित्सा शिक्षा आयोगले कात्तिक १८ गते लिएको प्रवेश परीक्षामा राहुल नेपाली उत्तीर्ण भएका भएपनि सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका कारण भर्ना छुटेको बताइएको छ ।

सुदूरपश्चिम सरकारले एमबीबीएस अध्ययनका लागि वितरण गर्दै आएको छात्रवृत्तिमा राहुलको नाम समावेश भएपनि मन्त्रालयको बेवास्ता र गैरजिम्मेवारीपनको कारण जारी गरेको अन्योलपूर्ण पत्रले भर्नाबाट अलग भएको विद्यार्थी संगठनहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राहुलको एमबीबीएस भर्नाको सुनिश्चितता नगरे कडा आन्दोलन गर्ने विद्यार्थी संगठनहरुको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077