पर्सा । किर्तेगरी बनाइएको नागरिकता छानविन भइरहेकै बेला वीरगन्ज महानगरका मेयर राजेशमान सिंहविरुद्ध अर्को जाहेरी परेको छ ।
मेयर सिंहमाथि सोमबार जिल्ला प्रहरी कार्यालय पर्सामा सरकारी कागजातसमेत किर्ते गरेको भन्दै जाहेरी दर्ता भएको हो ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ३ निवासी नेकपा एमालेका प्रदेश सदस्य लियाकत अलिले मेयर सिंहले बुबा भनेर नागरिकता दिलाएको रुविना भट्टराई श्रेष्ठकी आमा रिता भट्टराईले मेयर सिंहको बचाउमा अदालतमा पेस गरेको कागजातसमेत फर्जी रहेको प्रमाणसहित जाहेरी दर्ता गरेका हुन् ।
रिता भट्टराईकी छोरी रुविनाको जन्म दर्तामा हस्ताक्षर गरेका तत्कालीन पञ्जिकाधिकारी भिखारी रायले आफ्नो नाम र हस्ताक्षरको दुरुपयोग गरी किर्ते गरेर जन्म दर्ता प्रमाणपत्र बनाएको बताएका छन् । यता प्रहरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।