Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विवाहेत्तर सम्बन्धका कारण प्रमिलाको हत्या : प्रहरी

काठमाडौं । काठमाडौंको एक होटलमा यही माघ २७ गते मृत अवस्थामा फेला परेकी प्रमिला दमाईको विवाहेत्तर सम्बन्धका कारण हत्या भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी गराएको हो । माघ २७ गते काठमाडौं महानगरपालिका वडा नम्बर ९ गौशाला रुन्चे डाँडास्थित एक होटलमा प्रमिला दमाईको शव फेला परेको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दोलखा वैद्येश्वर गाउँपालिका–७ भइ अहिले काठमाडौं डेरा गरी बस्ने कुमार श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालेको बताए ।

सोधपुछका क्रममा विवाहेत्तर सम्बन्धका कारण श्रेष्ठले हत्या गरेको खुलेको प्रहरीले बताएको छ ।

श्रेष्ठ लिखु तामाकोशी गाउँपालिका–५, रामेछाप घर भइ हाल काठमाडौं–९ भीमसेनगोलामा मृतकका श्रीमान नसे दमाईंसँग डेरा गर्दै बस्दै आएका थिए ।

एसएसपी खत्रीकाअनुसार प्रमिला र कुमारबीच दोलखाको एक रेडियो कार्यक्रममार्फत चिनजान भएको थियो । दुवै विवाहित रहेको प्रहरीले बताएको छ । तर विवाहेत्तर सम्बन्ध राखेपछि परिवारले न्यायिक समितिदेखि प्रहरीसम्म लगेर छुटाउन खोजेका थिए ।

पछिल्लो समय प्रमिलाले आफूसँग विवाह गर्न दबाब दिएपछि कुमारले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077