Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'रूससँग वार्ता गर्ने क्षमता नेपाल सरकारसँग छ कि छैन ?'

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रसियामा फौजी बनेर बसेका नेपालीहरूको उद्धार गर्न ढिला गर्न नहुने बताएका छन् ।

सरकारसँग रूससँग वार्ता गर्ने क्षमता छ कि छैन भनेर प्रश्न गरेका उनले नेपालीहरुलाई रसिया पुर्याउन मानवतस्करहरुको खोजी हुनुपर्ने पनि बताए । उनले रसियामा कतिको संख्यामा नेपालीहरू फौजी बनेका छन्, त्यसको तथ्यांक सरकारसँग छ कि छैन ? भनेर पनि प्रश्न गरे ।

आइतबार संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले भने–‘रसिया र युक्रेनबीचको युद्ध आफ्नो ठाउँमा छ, जसको अन्त्य होस् भन्ने हामी कामना गर्दछौं। तर युद्धसँग असम्बन्धित देशका मानिसहरू नेपाल सरकारले अनुमति नदिकन यहाँबाट मानव तस्कर गरेर लैजानेहरूको सञ्जाल तोड्नका लागि नेपाल प्रहरीले काम गरिरहेको छ?,’

‘यताबाट तोड्नुपर्ने कुरासँगै उताबाट जोडेर ल्याउनुपर्ने कुरामा नेपाल सरकार छ ? सरकारको कुनै न कुनै सम्पर्क भइरहेको, राजदूतलाई बोलाएर कुरा गरेको भन्दा बाहेक हाम्रो कूटनीतिक पहल, सरकारको क्षमता रसियासँग संवाद गर्नसक्ने स्तरमा छ कि छैन ?’ शर्माको प्रश्न थियो ।

समितिको बैठकमा उनले भने–‘एक महिनाअघि उनीहरू रसियन सैनिकहरूबाट भागेर मस्को पुगेका थिए। दूतावास पुग्नुअघि पक्राउ परे। उनीहरूलाई फेरि लिएर गइयो । सैनिक सीमामा राखियो। करिब १६ सय किलोमिटर भागेर उनीहरूसँग दूतावासको सम्पर्क भयो। उनीहरू सम्पर्कमै आएकै साँझ विमानस्थल पुर्‍याउँदा फेरि पक्राउ परे। उनीहरू अहिले रसियन सैनिकको गिरफ्तारीमा छन्। उनीहरूको अवस्था के छरु नेपाल सरकारलाई जानकारी छ की छैन। उनीहरूलाई उद्धार गर्ने सम्भावना के छ ?’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077