Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • शैक्षिक भ्रमणका बेला छात्रामाथि दुर्व्यवहार, एसपीएका प्राध्यापक भण्डारी पक्राउ

    शैक्षिक भ्रमणका बेला छात्रामाथि दुर्व्यवहार, एसपीएका प्राध्यापक भण्डारी पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ माघ २०८०
  • 1.1K
    SHARES

    कैलाली । कैलालीमा एक प्राध्यापक पक्राउ परेका छन् । जिल्लाको धनगढीस्थित सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) का ३३ वर्षीय प्राध्यापक डिल्लीराज भण्डारी शनिवार पक्राउ परेका हुन् ।

    होटेल व्यवस्थापनतर्फका संयोजक समेत रहेका भण्डारीले शैक्षिक भ्रमणबाट फर्किदा छात्रामाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।



    सोही उजुरीको आधारमा भण्डारीलाई नियन्त्रणमा लिइएको कैलाली प्रहरीले जनाएको छ । एकेडेमीमा सो विषयलाई लिएर विद्यार्थी र प्राध्यापकहरूका बिचमा विवादसमेत भएको थियो ।



    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मनकामनाका लागि शैक्षिक भ्रमणमा गएर फर्केने क्रममा बसभित्र भण्डारीले छात्रालाई दुर्व्यवहार गरेको आरोप छ । आज सो सम्बन्धमा छलफल गरिने कैलाली प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार