Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजविराज कारागारभित्र एकजना कैदी मृत भेटिए

राजविराज । राजविराज कारागारमा थुनामा रहेका एक कैदी मृत अवस्थामा फेला परेका छन् ।

बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय देबेन्द्र मण्डल आइतबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

मण्डलको शव कारागारभित्र शौचालयमा झुण्डिएको अवस्थामा बिहान फेला परेको राजविराज कारागारले जनाएको छ ।

१५ वर्षीया बालिकालाई गत साउन १३ गते राति अपहरण गरी बलात्कार गरेको आरोपमा मण्डल भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागारमा बन्दी थिए ।

जिल्ला प्रहरी कार्यालयले मण्डललाई साउन १७ गते पक्राउ गरेको थियो । जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले मण्डल भदौ ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए । फैसला हुन भने बाँकी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077