Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने सभापति देउवाको विश्वास

    पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने सभापति देउवाको विश्वास

    अनलाइन नेपाल
  • शनिबार, २७ माघ २०८०
  • 618
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सोनाम ल्होसारको शुभकामना व्यक्त गरेका छन् ।

    उनले आज शुभकामना सन्देश जारी गर्दै सोनाम ल्होसार अर्थात् नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा पार्टी र आफ्नोतर्फबाट शुभकामना दिएका हुन् ।



    “सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा छन्, सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान तथा आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान पनि छ, यी पर्वले नेपाली समाजमा सामाजिक सद्भाव बढाउँदै आएका छन्”, विज्ञप्तिमा भनिएको छ ।



    सभापति देउवाले उक्त पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरे । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार मनाइन्छ ।

    आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदै छ । ल्होसार १२ जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार मनाइन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार