Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ, सबै हिँडिसकेपछि बोल्नुको अर्थ छैन : सभापति देउवा

    लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ, सबै हिँडिसकेपछि बोल्नुको अर्थ छैन : सभापति देउवा

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 786
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् ।

    शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले यस्तो बताएका हुन् ।



    उनले लामो भाषण गर्नेहरूप्रति इंगित गर्दै भाषण सुन्ने मानिसहरू खाली भएपनि नेताहरू भाषण गरिरहेको देखिएको बताए ।



    उनले नेताहरू आफ्ना कुरा राखेर हिँडिसकेपछि व्यंग्य गर्दै सबै हिँडिसकेपछि बोल्नुको अर्थ नरहने बताए ।

    उद्घोषकलाई मात्रै भाषण सुनाउने काम बन्द गर्नुपर्ने उनको भनाई थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार