Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीका चार डीआईजीको काज सरुवा, को कहाँ ? [सूचीसहित]

काठमाडौं । सरकारले सशस्त्र प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुको काज सरुवा गरेको छ । बुधबारको गृहमन्त्रीस्तरीय निर्णयले डीआईजीको काज सरुवा गरेको हो ।

सरुवा सूचीअनुसार डीआईजी गणेश ठाडा मगरको सीमा सुरक्षा विभागबाट ३ नम्बर गढीमाई बाहिनी मकवानपुरमा काज सरुवा गरिएको छ।

त्यसैगरि दुर्गाप्रसाद भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयबाट ६ नम्बर महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सरूवा गरिएको छ।

उता लक्ष्मणबहादुर सिंहलाई नं. ३ गढीमाई बाहिनी मकवानपुरबाट सशस्त्र प्रहरी बल सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ।

त्यसैगरि प्रदीपकुमार पाललाई ६ नम्बर महेश्वरी बाहिनी सुर्खेतबाट राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय सिंहदरबारमा सरुवा गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

हेर्नुस् सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077