Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • सूर्यदर्शन सहकारी ठगी प्रकरण

    जिबी राईका व्यापारिक साझेदार पूर्व डीआईजी छबिलालको घरमा प्रहरीको छापा

    जिबी राईका व्यापारिक साझेदार पूर्व डीआईजी छबिलालको घरमा प्रहरीको छापा

    अनलाइन नेपाल
  • बुधबार, २४ माघ २०८०
  • 5.8K
    SHARES

    काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले पूर्व डीआईजी छविलाल जोशीको शंखमुलस्थित घरमा छापा मारेको छ ।

    पोखरास्थित सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी) राईका व्यापारिक साझेदार पूर्व डीआईजी जोशीको घरमा छापा प्रहरी मारेको हो ।



    उनको घरमा सञ्चालित नेचर हब इन्टरनेशनल प्रालिको कार्यालयबाट सूर्यदर्शन सहकारीको मुख्य सफ्टवेयरको सर्भर बरामद गरिएको प्रहरीले जनाएको छ ।



    जिल्ला प्रहरी कार्यालय कास्कीको आग्रहमा काठमाडौँ प्रहरीले उनको घरमा छापा मारेको थियो । जिबी राई र जोशी कै साझेदारमा ग्यालेक्सी फोर के टेलिभिजन समेत सञ्चालनमा आएको थियो ।

    पूर्व डीआइजी जोशीको खातामा अस्वभाविक कारोबार भएको समेत देखिएको थियो । जोशीको पछिल्लो तीन वर्षको अस्वाभाविक र शंकास्पद १७ करोड रकम रहेको छ । उनको कारोबार अस्वाभाविक रहेको भन्दै नबिल बैंकले राष्ट्र बैंकस्थित वित्तीय जानकारी इकाइलाई समेत जानकारी गराएको छ ।

    यस्तै सो सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम पनि मुछिएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल) मार्फत गितेन्द्रबावु (जीबी) राई, वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ ।

    पोखराको सूर्यदर्शन सहकारीका पीडितहरुले सोमबार मात्रै रवि लामिछाने सहित १८ जना विरुद्ध पुरक जाहेरी समेत दिएका थिए ।

    कास्कीमा मात्रै १९ हजारभन्दा बढी बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको उनीहरुमाथि आरोप लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार